जीवन बीमा कम्पनीले भदौमा संकलन गरे ११ अर्ब ५५ करोड बीमा शुल्क

काठमाडौं । चालू आर्थिक वर्षको भदौ महिनामा जीवन बीमा कम्पनीहरुले ११ अर्ब ५५ करोड २ लाख रुपैयाँ बीमा शुल्ल्क संकलन गरेका छन् । जसमा प्रथम बीमा शुल्क नै २ अर्ब ५७ करोड रुपैयाँ रहेको छ ।

बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्क अनुसार बैदेशिक रोजगार बीमा शुल्क २४ करोड ५५ लाख रुपैयाँ रहेको छ । त्यस्तैगरि नवीकरण बीमा शुल्क ८ अर्ब ७३ करोड रुपैयाँ रहेको छ ।

जीवन बीमा कम्पनीको जारी भएको बीमालेख ४ लाख २० हजार ६ सय ८१ वटा रहेको छ । बीमाङ्क रकम भने १ खर्ब ३८ अर्ब २३ करोड रुपैयाँ बराबरको छ ।

भदौ महिनामा कुन कम्पनीले कति संकलन गरे बीमा शुल्क
राष्ट्रिय जीवन बीमा कम्पनीको ५९करोड ५९ लाख

नेशनल लाईफ १ अर्ब ३१ करोड ९४ लाख

नेपाल लाईफ ३ अर्ब ३२ करोड६७ लाख

लाइफ इन्स्योसेन्स कम्पनी१ अर्ब २२ करोड

मेट लाइफ ४५ करोड ४७ लाख

एशियन लाइफ ५४ करोड ४७ लाख

आइएमई लाइफ२८ करोड ७ लाख

सन नेपाल लाइफ ३३ करोड ७ लाख

रिलायवल नेपाल लाइफ ३५ करोड ५० लाख

सिटिजन्स लाइफ५१ करोड ३६ लाख

सुर्यज्योती लाइफ ७१ करोड ६३ लाख

सानीमा रिलायन्स ४३ करोठ ४ लाख

हिमालयन लाइफ १ अर्ब १६ करोड

प्रभु महालक्ष्मी २८ करोड ४५ लाख

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स