एसियन लाइफ इन्स्योरेन्सको ५ लाख १४ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौं । एसियन लाइफ इन्स्योरेन्सको संस्थापक सेयर बिक्रीमा राखिएको छ । कम्पनीको संस्थापक सेयरधनीको नाममा रहेको ५ लाख १४ हजार ४६५ कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको हो।

उक्त सेयरमा कम्पनीको संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् ।

इच्छुक संस्थापक सेयरधनीले ३५ दिनभित्र कम्पनीको मुख्य कार्यालय मैतिदेवी, काठमाडौंमा खरिद गर्न चाहेको सेयर संख्या खुलाई निवेदन पेश गर्नुपर्नेछ ।

उक्त समयभित्र कुनैपनि संस्थापकबाट निवेदन प्राप्त नभए अन्य व्यक्ति वा संस्थाले सेयर खरिद गर्न सक्ने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स