काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुको व्यवसायमा सुधार हुँदै गइरहेएको छ । गत आर्थिक वर्षको भदौ महिनाको तुलनामा यो वर्ष १२ दशमलव ५१ प्रतिशतले बीमा शुल्क वृद्धि भएको हो ।
संचालनमा रहेका १४ वटा निर्जीवन बीमा कम्पनीहरुले एक महिनामै ३ अर्ब ४८ करोड ६६ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको बीमा प्रधिकरणको तथ्याङ्कले देखाएको छ ।
भदौ महिनामा सबैभन्दा धेरै बीमा शुल्क संकलन गर्नेमा सिद्धार्थ प्रिमियम कम्पनी रहेको छ । उक्त कम्पनीले ३६ करोड सुंकलन गरेको प्राधिकरणको तथ्याङ्कले देखाएको छ ।
दुई वटा कम्पनी बाहेक सबैले गत वर्षको भदौ महिना भन्दा यो वर्षको सोहि अवधीमा आफ्नो व्यवसया वृद्धि गरेका छन् । बीमा शुल्क गिरावट आउनेमा नेको इन्स्योरेन्स र हिमालय एभरेष्ट रहेको छ ।
भदौमा कुन कम्पनीको कति बीमा शुल्क ?
सिद्धार्थ प्रिमियमको ३६ करोड
प्रभु इन्स्योरेन्सको १८ करोड ८७ लाख
आइजीआईको २७ करोड ३९ लाख
शिखर इन्स्योरेन्सको ३५ करोड ४६ लाख
युनाइटेडल अजोडको २० करोड
सानिमा जिआइसीको २१ करोड
सगरमाथा लुम्बिनीको ३८ करोड
नेको इन्स्योरेन्सको बीमा शुल्क २७ करोड १ लाख
हिमालय एभरेष्टको २७ करोड ६३ लाख
नेपाल इन्स्योरेन्स १४ करोड ८५ लाख
नेशनल इन्स्योरेन्स १४ करोड ४९ लाख
राष्ट्रिय बीमा कम्पनीको २९ करोड ७ लाख
द ओरियन्टल इन्स्योरेन्सको १५ करोड २० लाख
एनएलजी इन्स्योरेन्सको २३ करोड १८ लाख