सलिकोद्वारा चार दिने बीमा अभिकर्ता साथै कर्मचारी अभिवृद्धि तालिम सम्पन्न

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडको निर्जीवन बीमा अभिकर्ता साथै कर्मचारी अभिवृद्धि (इनहाउस) तालिम कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ । यस तालिमको उद्देश्य सलिकोका मधेश प्रदेशभरका कार्यरत कर्मचारीहरूको व्यवसायिक दक्षतामा सुधार ल्याउनु रहेको छ ।

उक्त कार्यक्रममाा प्रतिष्ठित अतिथिहरुको उपस्थित रहेको थियो, जसमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडकी नायव प्रमुख कार्यकारी अधिकृत बरिष्मा साउद आचार्य, नेपाल बीमा प्राधिकरणकी मधेश प्रमुख प्रीती देव र सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडका मधेश प्रदेश प्रमुख निशान्त कुमार लामिछाने रहेका थिए ।

तालिम प्रशिक्षकहरुमा आन्तरिक नियन्त्रण विभागमा प्रमुख बासुदेव जोशी, दावी विभागका सुबिन्द्र डंगोल, अण्डरराइटिङ विभागका भास्कर भुजेल र सिमा गुप्ता र मानव संसाधन विभागका प्रवल अर्याल रहेका थिए । प्रशिक्षकहरुले विभिन्न क्षेत्रका समसामायिक बिषयहरुमा जानकारी तथा आवश्यक ज्ञान प्रदान गरेका थिए ।

मुख्य अथिति श्रीमती प्रीती देवले बीमा क्षेत्रमा पालना गर्नुपर्ने नियम कानुनको महत्वबारे प्रकाश पारे । उनले बीमा उद्योगमा दीर्घकालीन स्थिरता कायम राख्न र विश्वास बढाउन नियमहरुको कडाईसँग पालना गर्नुपर्ने आवश्यक रहेको कुरामा जोड दिए ।

यस इनहाउस तालिममा मधेश प्रदेशका विभिन्न शाखाबाट आएका कर्मचारीहरूले सक्रिय रुपमा भाग लिएका थिए, जसले सबै सहभागीहरुलाई समग्र रुपमा सिक्ने अवसर प्रदान गर्याे ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स