हिमालयन एभरेष्ट इन्स्योरेन्सको सीईओमा अञ्जु श्रेष्ठ नियुक्त

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा अञ्जु श्रेष्ठ नियुक्त भएकी छिन् ।

कम्पनीको भदौ २७ गते बसेको सञ्चालक समितिको बैठकले हाल निमित्त सीईओ पदमा कार्यरत श्रेष्ठलाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो।

नेपाल बीमा प्राधिकरणबाट स्वीकृति भएपछि लागू हुने गरी सञ्चालक समितिले कम्पनीको सीईओमा श्रेष्ठलाई चार वर्षको लागि नियुक्त गरेको हो ।

गत असार १२ गते बसेको सञ्चालक समितिको बैठकले सीईओ विजय बहादुर शाहलाई असार १३ गते बिहीबारदेखि लागू हुने गरि पदमुक्त गर्दै श्रेष्ठलाई निमित्त सीईओको जिम्मेवारी दिएको थियो।

साबिक हिमालयन जनरल इन्स्योरेन्सबाट निर्जीवन बीमा व्यवसायमा करिअर शुरू गरेकी श्रेष्ठसँग पुनर्बीमा सम्झौता र पुनर्बीमा दाबीको क्षेत्रमा दुई दशक लामो अनुभव छ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स