प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको करिब २२ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको संस्थापक सेयर बिक्रीमा राखिएको छ । कम्पनीको संस्थापक सेयरधनीहरुको नाममा रहेको २१ लाख ९६ हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको हो ।

उक्त सेयरमा कम्पनीका विद्यमान अन्य संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् ।

इच्छुक संस्थापक सेयरधनीले आज (भदौ २८ गते) बाट ३५ दिन भित्र कम्पनीको केन्द्रीय कार्यालय, कमलादी, काठमाडौंमा के कति सेयर खरिद गर्ने सोको व्यहोरा खुलाई आवेदन दिनु पर्नेछ ।

उक्त समयमा संस्थापक सेयरधनीले सेयर खरिद नगरे अन्य व्यक्ति वा संस्थालाई सेयर बिक्री गरिने कम्पनीले जनाएको छ । उक्त सेयरमा न्यूनतम २०३ रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी आवेदन दिनु पर्नेछ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स