सलिको गण्डकी प्रादेशिक कार्यालय, अमरसिंह चोक पोखराको समुद्घाटन

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड ( सलिको) को गण्डकी प्रादेशिक कार्यालय, अमरसिंह चोक पोखराको समुद्घाटन भएको छ ।

सलिकोका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्री तथा नेपाल बीमा प्राधिकरण गण्डकी प्रदेश कार्यालय प्रमुख केशव प्रसाद दाहालबाट संयुक्त रुपमा आज भदौ २६ गते उक्त कार्यालयको विधिवत् रुपमा समुद्घाटन सु—सम्पन्न भएको हो ।

सो अवसरमा शुभकामना दिदै प्राधिकरण कार्यालय प्रमुख दाहालले सलिकाकोे व्यापार र दाबी भुक्तानी राम्रो रहेको सो साख जोगाइ राख्न आग्रह गरे । त्यस्तै, सीईओ चंकी क्षेत्रीले सम्पूर्ण कर्मचारीलाई उच्च मनोबलका साथ इमान्दारी पूर्वक बीमालेख बुझाएर बेच्न आग्रह गरे ।

कार्यक्रममा निसा गण्डकी बुद्दि प्रसाद अधिकारी, निसाका पूर्व संयोजक सुरेन्द्र बहादुर गोदार लगायतले शुभकामना दिए । कार्यक्रमा पोखरामा रहेका कम्पनीका शाखा प्रमुख लगायत सम्पूर्ण कर्मचारीको उपस्थीती रहेको थियो ।

कम्पनीको बारेमा नेशनल को अटिनेटर (सहायक महाप्रवन्धक) कविराज पौडेलले बताएका थिए भने प्रादेशिक कार्यालयका प्रमुख विष्णु प्रसाद पौडेलले कार्यक्रम संचालन गरेका थिए ।

 

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स