एनएलजी इन्स्योरेन्सको हकप्रद सेयर संशोधन, अब कति ?

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले हकप्रद सेयर निष्काशनको प्रस्ताव संशोधन गरेको छ । कम्पनीको भदौ २४ गते बसेको सञ्चालक समितिको बैठकले हकप्रद सेयर निष्काशनको प्रस्ताव संशोधन गर्ने निर्णय गरेको हो ।

कम्पनीले यसअघि घोषणा गरेको ६६ प्रतिशत हकप्रदलाई परिमार्जन गर्दै अब ६२.५६ प्रतिशत हकप्रद जारी गर्ने घोषणा गरेको हो ।

बैठकले हाल कायम रहेको चुक्ता पुँजी १ अर्ब ५३ करोड ९५ लाख ३५ हजार ९५८ रुपैयाँको ६२.५६ प्रतिशत बराबरको हकप्रद सेयर जारी गर्न नेपाल बीमा प्राधिकरण समक्ष स्वीकृतिको लागि अनुरोध गर्ने र प्राधिकरणबाट स्वीकृति प्राप्त भए पश्चात कम्पनीको आगामी साधारण सभाबाट पछि अनुमोदन गराउने गरी हकप्रद निष्काशन प्रकृया अघि बढाउने निर्णय गरेको कम्पनीले जनाएको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स