साउनमा जीवन बीमा कम्पनीहरूले गरे साढे २ अर्बभन्दा बढीको व्यवसाय, बीमा आर्जनमा ४ कम्पनीबीच प्रतिस्पर्धा

काठमाडौं । साउन महिनामा जीवन बीमा कम्पनीहरूले साढे २ अर्बभन्दा बढी व्यवसाय गरेका छन् । साउन महिनामा देशमा सञ्चालित बीमा कम्पनीमध्ये ४ कम्पनीको प्रतिस्पर्धाका देखिएको छ ।

सूर्यज्योति लाइफ तथा सिटिजन्स लाइफ र मेट लाइफ तथा एशियन लाइफ इन्स्योरेन्सबीच व्यवसायमा प्रतिस्पर्धा देखिएको हो ।

साउन महिनामा सबैभन्दा बढी बीमा व्यवसाय नेपाल लाइफ इन्स्योरेन्सले गरेको छ । नेपाल लाइफले साउन महिनामा ६४ करोड ६६ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । योसँगै नेपाल लाइफको कुल बीमा शुल्क ५ अर्ब ७१ करोड रुपैयाँ पुगेको छ ।

बढी बीमा व्यवसाय गर्ने दोस्रो कम्पनीमा नेशनल लाइफ इन्स्योरेन्सले ४१ करोड ३४ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ भने कम्पनीको कुल बीमा शुल्क २ अर्ब २६ करोड ५४ लाख रुपैयाँ पुगेको छ ।

बढी बीमा शुल्क आर्जन गर्ने तेस्रो नम्बरमा परेको हिमालय लाइफ इन्स्योरेन्स २७ करोड ५३ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । २०८१ साउनसम्म कम्पनीको कुल बीमा शुल्क १ अर्ब ९३ करोड ३८ लाख रुपैयाँ पुगेको छ ।
लाइफ इन्स्योरेन्स कर्पोरेन्सले चालु आवको पहिलो महिना साउनमा २० करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेसँगै कम्पनीको कुल बीमा शुल्क २ अर्ब ७ करोड रुपैयाँ पुगेको छ ।

बीमा व्यवसायमा सूर्यज्योति लाइफ र सिटिजन्स लाइफको व्यवसायमा प्रतिस्पर्धा देखिएको छ । यी दुई कम्पनीहरूमध्ये साउन महिनामा सूर्यज्योति लाइफले १९ करोड ९१ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ भने सिजिजन्स लाइफले १९ करोड ४९ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।

बीमा व्यवसाय प्रतिस्पर्धामा मेट लाइफ र एशियन लाइफ इन्स्योरेन्स खरो रुपमा उत्रिएका छन् । यी दुई कम्पनीमध्ये एशियन लाइफले १० करोड ७२ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ भने मेट लाइफ इन्स्योरेन्सले १० करोड ७० लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।

त्यसरी नै रिलाइन्स नेपाल लाइफ इन्स्योरेन्सले ८ करोड ९६ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेका छन् भने आईएमई लाइफ इन्स्योरेन्सले ८ करोड ३२ लाख प्रथम बीमा शुल्क आर्जन गरेको छ ।

सानिमा रिलाइन्स लाइफले ७ करोड ९८ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेको छ भने प्रभु महालक्ष्मी लाइफ ७ करोड ७६ लाख प्रथम बीमा शुल्क आर्जन गरेको छ ।

सन नेपाल लाइफ इन्स्योरेन्स ४ करोड ४९ लाख र राष्ट्रिय जीवन बीमा कम्पनीले ३ करोड ६२ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेको हो ।

त्यसरी नै गार्डियन माइक्रो लाइफले १ करोड ८८ लाख, क्रेट लाइफ १ करोड २९ लाख र लिवर्टी माइक्रो लाइफले ५१ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेका छन्।

चालु आवको साउन महिनामा १८ अर्ब ५७ करोड ४९ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख गरेको छ ।

यो बीमा शुल्कमा कम्पनीहरूले साउन महिनामा गरेको बीमा व्यवसाय, वैदेशिक रोजगार बीमाशुल्क र नवीकरण शुल्क समावेश गरिएको हो । बीमा कम्पनीहरूले ५ लाख ६४ हजार ७८३ बीमालेख जारी गरेका छन् ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स