लिबर्टी माइक्रोले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल

काठमाडौं । लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आफ्नो जारी पुँजीको ३० प्रतिशतले हुन आउने २२ करोड ५० लाख रूपैयाँ बराबरको सेयर निष्काशन गर्न लागेको हो ।

कम्पनीले प्रति सेयर अंकित मूल्य.१०० रूपैयाँ दरमा कूल २२ लाख ५० हजार कित्ता सेयर सर्वसाधारणहरुमा निष्काशन गर्न लागेको हो ।

कम्पनीले सो कार्यका लागि धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।

उक्त सम्झौतापत्रमा निष्काशन कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत राम कुमार यादव र निष्काशन तथा बिक्री प्रबन्धकका तर्फबाट महाप्रबन्धक सचिन्द्र ढुंगानाले हस्ताक्षर गरेका छन् ।

न्यून आय भएका एवं पिछडिएका क्षेत्रका बासिन्दा र सिमान्तकृत समुदायका व्यक्तिहरुलाई लघु जीवन बीमा सेवा पु¥याउने लक्ष्य लिई यस लिबर्टी माइक्रो लाईफ इन्स्योरेन्स कम्पनी लि. मिति २०८०/०५/०१ मा लघु जीवन बीमकको इजाजत पत्र प्राप्त गरी मिति २०८०/०९/०६ गते देखि औपचारिक रुपमा लघु जीवन बीमा व्यवसाय सञ्चालन गर्दै आईरहेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स