आइएमई लाइफ इन्स्योरेन्सको कामु सीईओ को जिम्मेवारी दिनेशबहादुर अमात्यलाई

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सीईओ) को जिम्मेवारी दिनेशबहादुर अमात्यले पाएका छन् ।

कम्पनीको भदौ ९ गते बसेको सञ्चालक समितिको बैठकले नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) आमात्यलाई कामु सीईओको जिम्मेवारी दिएको हो ।

कम्पनीका निवर्तमान सीईओ कवि फुयाँलको पदावधि गत भदौ ६ देखि समाप्त भएसँगै अमात्यलाई कायममुकायमको जिम्मेवारी दिइएको हो ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स