एशियन लाइफ इन्स्योरेन्सले व्यतित बीमालेख नविकरण गर्दा ५० प्रतिशतसम्म ब्याज छुट दिने

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सले व्यतित बीमालेख नविकरण गर्दा ५० प्रतिशतसम्म ब्याज छुट दिने भएको छ ।

कम्पनीले एक सूचना गरि २०८१ साउन मसान्तसम्म बीमाशुल्क भुक्तानी गर्नुपर्ने मितिले ६ महिना नाघेको बीमालेखहरुमा भदौ १० गतेदेखि असोज १० गतेभित्र नविकरण गरेमा बीमितहरुले ब्याज छुट पाउने जनाएको हो ।

पाँच वर्षदेखि माथिका व्यतित बीमालेखमा ५० प्रतिशतसम्म र २ वर्षदेखि ५ वर्षभन्दा कमका व्यतित बीमालेखमा २५ प्रतिशतसम्म ब्याज छुट दिने सूचनामा उल्लेख छ ।

दुई वर्षभन्दा कम परिपक्व अवधि बाँकी भएको अवस्थामा कुनै पनि छुट प्रदान गरिने छैन । साथै कम्पनीले एकपटक ब्याज छुट लिइसकेका बीमितहरुलाई पुनः ब्याज छुट भने नदिने सूचनामा उल्लेख छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स