प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको करिब २ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखिएको छ । कम्पनीको तीन जना संस्थापक सेयरधनीहरूको नाममा रहेको १ लाख ९९ हजार ६८० कित्ता सेयर बिक्रीमा राखिएको हो ।

यसअघि उक्त सेयर संस्थापक सेयरधनीले मात्रै किन्न पाउने गरी बिक्री खुला गरिएको थियो । तर ३५ दिनभित्र पनि संस्थापक सेयरधनीले सेयर किन्न नचाहेपछि सर्वसाधरणले किन्न पाउने गरी पुनः बिक्रीमा ल्याइएको हो ।

उक्त सेयर खरिद गर्न चाहने इच्छुकले ७ दिनभित्र काठमाडौंको कमलादीस्थित कम्पनीको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्नेछ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स