बीमा प्राधिकरणका संचालक समितिका बीमा विज्ञ सदस्य ओलीको बिदाई तथा सम्मान कार्यक्रम

काठमाडौं । नेपाल बीमा प्राधिकरणका संचालक समितिका बीमा विज्ञ सदस्य कपिल देव ओलीको दोस्रो पटकको चारवर्षे कार्यकाल भोलिदेखि पूरा हुन लागेको छ ।

त्यस अवसरमा बीमा विज्ञ सदस्य ओलीको विदाई एवम् सम्मानमा आज प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोल, ललितपुरमा एक कार्यक्रम आयोजना गरिएको थियो ।

कार्यक्रममा नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा विज्ञ सदस्य ओलीलाई दोसल्ला ओढाई सम्मान गर्नुका साथै उपहार तथा सम्झनाको चिनो प्रदान गरे ।

अध्यक्ष सिलवालले प्राधिकरणको संचालक समितिमा बीमा विज्ञ सदस्यका रुपमा रहेर ओलीले पु¥याएको योगदान प्रशंसनीय रहेको बताए ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स