काठमाडौं । राष्ट्रिय जीवन बीमा कम्पनीले गत आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण सार्वजनिक गरेको छ ।
गत वर्षको असार मसान्तसम्ममा कम्पनीले १५ करोड ३६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको सोहि अवधिको तुलनामा १४५.४५ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा कम्पनीले ६ करोड २६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
समिक्षा अवधिमा कम्पनीले ९ अर्ब ४ करोड ८ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । यो गत आवको तुलनामा ६.३७ प्रतिशतले बढी हो । अघिल्लो आवको सोहि अवधिमा कम्पनीले बीमाशुल्क आर्जन ८ अर्ब ४९ करोड ९५ लाख कुल बीमा शुल्क आर्जन गरेको थियो ।
कम्पनीको जीवन बीमा कोषको आकार पनि १६.७२ प्रतिशतले बढेर ५३ अर्ब ८५ करोड ११ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आवको सोहि अवधिमा कम्पनीको बीमा कोषको आकार ४६ अर्ब १३ करोड ७५ लाख रुपैयाँ थियो ।
कम्पनीको कुल दाबी भुक्तानी पनि २२.४८ प्रतिशतले बढेर ५ अर्ब २५ करोड ९० लाख रुपैयाँ पुगेको छ ।
१८ करोड १० लाख २० हजार रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको रिजर्भ फण्डको आकार ३१.७० प्रतिशतले वृद्धि भएर ६३ करोड ८४ लाख रुपैयाँ पुगेको छ भने लगानी ९.६५ प्रतिशतले वृद्धि गरेको छ ।
त्यस्तै, कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) ७८.६१ रुपैयाँले बढेर ११३.२० रुपैयाँ पुगेको छ ।