एशियन लाइफ इन्स्योरेन्सको नाफा ३२ करोड ८५ लाख, प्रतिसेयर आम्दानी कति ?

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमाससम्मको वित्तिय विवरण सार्वजनिक गरेको छ ।

गत आर्थिक वर्षको असार मसान्तसम्ममा कम्पनीले ३२ करोड ८५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको सोहि अवधिको तुलनामा ३६.९१ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा कम्पनीले २४ करोड खुद नाफा आर्जन गरेको थियो ।

समीक्षा अवधिमा कम्पनीले ८ अर्ब ५ करोड १२ लाख कुल बीमा शुल्क आर्जन गरेको छ । अघिल्लो वर्षको सोहि अवधिमा कम्पनीले ७ अर्ब १ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो ।

कम्पनीको कुल खुद दाबी भुक्तानी ५९.५२ प्रतिशतले बढेर ४ अर्ब ६६ करोड पुगेको छ । कम्पनीको लगानी तथा कर्जाबाट प्राप्त आम्दानी २२.१३ प्रतिशतले बढेर ४ अर्ब ३४ करोड पुगेको छ । त्यस्तै, कमिशन खर्च भने ७१ करोड ५४ लाख रुपैयाँबाट बढेर ७२ करोड ७५ लाख रुपैयाँ पुगेको छ ।

कम्पनीको जीवन बीमा कोषको आकार ३ अर्ब ७६ करोड ८१ लाख पुगेको छ भने जगेडा कोषमा ४९ करोड ३३ लाख रुपैयाँ संचित रहेको छ ।

३ अर्ब १५ करोड ५३ लाख चुक्ता पुँजी रहेको कम्पनीको प्रतिशेयर आम्दानी ९.६६ रुपैयाँ रहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स