काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्सले गत आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण सार्वजनिक गरेको छ ।
गत वर्षको असार मसान्तसम्ममा कम्पनीले ३३ करोड ७ लाख ८६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्ले आर्थिक वर्षको सोहि अवधिको तुलनामा २०.९२ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा कम्पनीले २७ करोड ३५ लाख ४७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
समिक्षा अवधिमा कम्पनीको कुल बीमा शुल्क आर्जन १९.४४ प्रतिशतले बढेर २ अर्ब ५१ करोड १६ लाख रुपैयाँ र खुद बीमा शुल्क ३६.५२ प्रतिशतले बढेर ७५ करोड ८६ लाख रुपैयाँ पुगेको छ ।
कम्पनीको बीमा कोषको आकार १३.१० प्रतिशतले बढेर ३ अर्ब ४२ करोड ४५ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आवको सोहि अवधिमा कम्पनीको बीमा कोषमा ३ अर्ब २ करोड ७८ लाख रुपैयाँ रहेको थियो ।
२ अर्ब रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोष २ अर्ब ४२ करोड ४५ लाख रुपैयाँ सञ्चिति रहेको छ ।
कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) १३.६८ रुपैयाँबाट बढेर १६.५४ रुपैयाँ र प्रतिशेयर नेटवर्थ १४९.३१ रुपैयाँ रहेको छ ।