सगरमाथा लुम्बिनी इन्स्योरेन्सको नाफा ८३.९५ प्रतिशतले बढ्यो, प्रतिसेयर आम्दानी कति ?

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

गत आर्थिक वर्षको असार मसान्तसम्ममा कम्पनीले ६० करोड ८९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा ८३.९५ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा कम्पनीले ३३ करोड १० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

समिक्षा अवधिमा कम्पनीले ४ अर्ब ६७ करोड २३ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । यो अघिल्लो आवको सोहि अवधिको तुलनामा ४३.८३ प्रतिशतले बढी हो । अघिल्लो आवको सोहि अवधिमा कम्पनीले ३ अर्ब २४ करोड ८४ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो ।

गत आवको असार मसान्तसम्ममा कम्पनीको जीवन बीमा कोषको आकार ६.६८ प्रतिशतले घटेर ६ अर्ब ९० करोड ४७ लाख रुपैयाँ रहेको छ । अघिल्लो आवको सोहि अवधिमा कम्पनीको जीवन बीमा कोषको ७ अर्ब ३९ करोड माथि रहेको थियो ।

कम्पनीको खुद बीमा शुल्क आर्जन १९.०७ प्रतिशतले बढेर १ अर्ब ९१ करोड रुपैयाँ पुगेको छ । समिक्षा अवधिमा कम्पनीले २ अर्ब ८३ करोड ३२ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ ।

२ अर्ब ६२ करोड रुपैयाँ चुक्त पुँजी रहेको कम्पनीको जगेडा कोषमा ३ अर्ब ७२ करोड ५२ लाख रुपैयाँ सञ्चिति रहेको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी २३.२२ रुपैयाँ, प्रतिशेयर नेटवर्थ २४२.०४ रुपैयाँ रहेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स