हिमालयन लाइफ इन्स्योरेन्सको नाफा २१.५९ प्रतिशतले बढ्यो, ईपीएस कति ?

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण सार्वजनिक गरेको छ ।

गत वर्षको असार मसान्तसम्ममा कम्पनीले ६३ करोड ३८ लाख खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको सोहि अवधिको तुलनामा २१.५९ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा कम्पनीले ५२ करोड १२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

समीक्षा अवधिमा कम्पनीले १६ अर्ब १९ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । यो अघिल्लो आवको तुलनामा ११.०९ प्रतिशतले बढी हो । अघिल्लो आवमा कम्पनीले १४ अर्ब ५७ करोड खुद बीमाशुल्क आर्जन गरेको थियो ।

कम्पनीको बीमा कोषको आकार २३.८३ प्रतिशतले बढेर ६४ अर्ब ५४ करोड ६२ लाख पुगेको छ ।

समिक्षा अवधिमा कम्पनीको अन्य प्रत्यक्ष आम्दानी ८ करोड १७ लाख ,लगानी तथा कर्जा आम्दानी ५ अर्ब ६० करोड र बीमितलाई प्रदान गरिएको कर्जाबाट ८० करोड २ लाख रुपैयाँ ब्याज आम्दानी गरेको छ ।

कम्पनीको अन्य आम्दानी ४१ लाख १० हजार रुपैयाँ रहेको छ । कम्पनीको कुल आम्दानी २२ अर्ब ६८ करोड रुपैयाँ रहेको छ ।

कम्पनीले १८ अर्ब ८१ करोड रुपैयाँबराबरको खुद दाबी भुक्तानी गरेको छ । यो अघिल्लो आवको सोही अवधिको तुलनामा १७.३९ प्रतिशतले बढी हो ।

कम्पनीको खर्च १२.७२ प्रतिशतले बढेर २२ अर्ब ४ करोड रुपैयाँ पुगेको छ । कम्पनीको महाविपत्ती कोषको आकार ४३ करोड ४८ लाख र रिटेन्ड अर्निङ १ अर्ब ४२ करोड रुपैयाँ बराबर रहेको छ ।

८ अर्ब २ करोड रुपैयाँ चुक्त पुँजी रहेको कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) ७.९० रुपैयाँ, प्रतिसेयर नेटवर्थ १२६.२९ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य ९६६.२६ रुपैयाँ, पीई रेसियो ४९.४७ गुणा रहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स