काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।
गत आर्थिक वर्षको असार मसान्तसम्ममा कम्पनीले ६६ करोड ७९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको सोहि अवधिको तुलनामा ५०.०८ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा कम्पनीले ४४ करोड ५० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
समीक्षा अवधिमा कम्पनीको खुद बीमाशुल्क आर्जन ३६.९४ प्रतिशतले बढेर १ अर्ब ३३ करोड ९७ लाख रुपैयाँ भएको छ । त्यस्तै, कम्पनीको कुल बीमाशुल्क आर्जन २.४८ प्रतिशतले बढेर ३ अर्ब ४७ करोड ८२ लाख रुपैयाँ पुगेको छ ।
गत वर्षको असार मसान्तसम्ममा कम्पनीको कुल दाबी भुक्तानी २२.२३ प्रतिशले बढेर ७४ करोड १३ लाख रुपैयाँ पुगेको छ । कम्पनीको बीमा कोषको आकार भने १७.६० प्रतिशतले खुम्चिएर ३ अर्ब ४५ करोड ४ लाख रुपैयाँमा झरेको छ ।
२ अर्ब ५० करोड रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको रिजर्भ फण्डको आकार १५.४५ प्रतिशतले बढेर २ अर्ब २९ करोड ६० लाख रुपैयाँ पुगेको छ ।
समिक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी २६.७२ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १९१.८३ रुपैयाँ, पीई रेसियो २३.६५ गुणा रहेको छ ।