आईएमई लाइफ इन्स्योरेन्सद्वारा प्राकृतिक प्रकोपबाट प्रभावितलाई आवश्यक सामाग्री वितरण

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्सले सातौं वार्षिकोत्सवको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत तेस्रो दिन विभिन्न क्षेत्रमा प्राकृतिक प्रकोपबाट प्रभावितलाई आवश्यक सामाग्री वितरण गरेको छ ।

कम्पनीले स्थापनाको सातौं वर्ष पुरा गरेको अवसरमा मंगलबार प्राकृतिक प्रकोपबाट प्रभावित क्षेत्रमा राहत सामाग्री वितरण गरेको हो ।

नेपालको बीमा क्षेत्रको नियमनकारी निकाय बीमा प्राधिकरणको उद्देश्यलाई आत्मसात गर्दै सो वितरण कार्यक्रम गरिएको कम्पनीले जनाएको छ । कम्पनीले टीकापुर नगरपालिका वडा नं. १, गणेशपुर स्थित बाढी पिडित क्षेत्रका ७ वटा सामुदायिक विद्यालयका ७० जना बालबालिकाहरुलाई शैक्षिक सामाग्रि र पोशाक वितरण गरेको छ ।

त्यसैगरी काठमाडौं टोखा स्थित विपद्को शिकार भएका परिवारहरुलाई कम्पनीका चिफ मार्केटिङ अफिसर गणेश चौलागाई तथा ट्रेनिङ हेड सुनिल आचार्यको उपस्थितिमा राहत सामाग्रीहरु वितरण गरेको छ ।

साथैं, धरान उप महानगरपालिकको सम्पूर्ण वडाका स्वास्थ्य स्वयमसेविका र स्वास्थ्य बीमाका प्रतिनिधिहरुकालाई सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स