प्रभु इन्स्योरेन्सको नाफा ४९ करोड ८ लाख, ईपीएस कति ?

काठमाडौं । प्रभु इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।

गत आर्थिक वर्षको असार मसान्तसम्ममा कम्पनीले ४९ करोड ८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको तुलनामा ११८.१३ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा कम्पनीले २२ करोड ५० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

समिक्षा अवधिमा कम्पनीले ६५ करोड २२ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । यो अघिल्लो आवको तुलनामा १४.२९ प्रतिशतले बढी हो । अघिल्लो आवको सोहि अवधिमा कम्पनीले ५७ करोड ७ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो ।

गत आवको असार मसान्तसम्ममा कम्पनीले १ अर्ब ७१ करोड ८३ लाख रुपैयाँ बराबरको कुल बीमा शुल्क आर्जन गरेको छ । यो अघिल्लो आवको सोहि अवधिको तुलनामा ९.५८ प्रतिशतले बढी हो । अघिल्लो आवको सोहि अवधिमा कम्पनीले १ अर्ब ५६ करोड रुपैयाँ बराबरको कुल बीमा शुल्क आर्जन गरेको थियो ।

कम्पनीले कर्जा तथा लगानीबाट १३ करोड १० लाख रुपैयाँ आम्दानी गरेको छ । कम्पनीको रिजर्भ फण्डको आकार ३७ प्रतिशतले बढेर एक अर्ब ७६ करोड ९२ लाख रुपैयाँ रहेको छ ।

समीक्षा अवधिमा कम्पनीले आफ्ना बीमितहरुलाई ४३ करोड २४ लाख रुपैयाँ कुल बीमा दाबी भुक्तानी दिएको छ ।

१ अर्ब ४४ करोड रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) ३४.०५ रुपैयाँ छ भने प्रतिसेयर नेटवर्थ २२२.१९ रुपैयाँ रहेको छ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स