आइएमई लाइफ इन्स्योरेन्सको नाफा १४५.०४ प्रतिशतले बढ्यो, प्रतिसेयर आम्दानी कति ?

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।

गत वर्षको असार मसान्तसम्ममा कम्पनीले ५१ करोड ४५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको सोहि अवधिको तुलनामा १४५.०४ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा कम्पनीले २० करोड ९९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

समिक्षा अवधिमा कम्पनीले ४ अर्ब ५२ करोड २१ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिसम्ममा कम्पनीले ३ अर्ब ९५ करोड १९ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो ।

कम्पनीले ४ अर्ब ८ करोड १६ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । अघिल्लो आवमा कम्पनीले ३ अर्ब ५३ करोड ६२ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो ।

समिक्षा अवधिमा कम्पनीले ५ अर्ब ९२ करोड ४७ लाख रुपैयाँ आम्दानी गरेर ५ अर्ब ३९ करोड १९ लाख रुपैयाँ खर्च गरेको छ । अघिल्लो आवको सोही अवधिमा कम्पनीले ४ अर्ब ८५ करोड ८४ लाख रुपैयाँ आम्दानी गरेर ४ अर्ब ६३ करोड ९३ लाख रुपैयाँ खर्च गरेको थियो ।

५ अर्ब चुक्ता पुँजी रहेको कम्पनीको सेयर प्रिमियमतर्फ ५२ करोड ३८ लाख रुपैयाँ, महाविपत्ती कोषतर्फ १७ करोड ७४ लाख रुपैयाँ, रिटेन्ड अर्निङतर्फ १ अर्ब २ करोड २२ लाख रुपैयाँ र अन्य इक्विटी ५५ करोड ६० लाख रुपैयाँ सञ्चित छ ।

कम्पनीको प्रतिसेयर आम्दानी १०.२९ रुपैयाँ, मूल्य आम्दानी अनुपात ४४.०२ गुणा छ भने प्रतिसेयर नेटवर्थ १४५.५९ रुपैयाँ रहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स