नेपाल लाइफ इन्स्योरेन्सको नाफा ५१ करोड ३९ लाख, प्रतिसेयर आम्दानी कति ?

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्ष २०८०/८१ को अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

गत आर्थिक वर्षको असार मसान्तसम्ममा कम्पनीले ५१ करोड ३९ लाख खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोहि अवधिको तुलानामा ३०.८१ प्रतिशतले बढी हो । अघिल्ले आर्थिक वर्षको सोहि अवधिमा कम्पनीले ३९ करोड २९ लाख खुद नाफा आर्जन गरेको थियो।

समिक्षा अवधिमा कम्पनीले ४० अर्ब ८४ करोड ९४ लाख ३५ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । यो अघिल्लो आवको तुलनामा ९.९२ प्रतिशतले बढी हो । अघिल्लो आवको सोहि अवधिमा कम्पनीले ३७ अर्ब १६ करोड २८ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो ।

कम्पनीको जीवन बीमा कोषको आकार २१.३९ प्रतिशतले बढेर १ खर्ब ९८ अर्ब ३३ करोड ७४ लाख ८८ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोहि अवधिमा कम्पनीको बीमा कोषको आकार १ खर्ब ६३ अर्ब ३९ करोड १२ लाख ८७ हजार रुपैयाँ थियो ।

समिक्षा अवधिमा कम्पनीको खुद प्रिमियम करिब १० प्रतिशतले बढेर ४०अर्ब ११ करोड पुगेको छ। रिटेंन अर्निङ ५२ करोड ८४ लाख रुपैयाँ छ भने प्रकोप रिजर्भमा १ अर्ब ९ करोड रहेको छ।

कम्पनीको कुल दाबी भुक्तानी ४.४३ प्रतिशतले घटेर १४ अर्ब ९९ करोड ५६ लाख २९ हजार रुपैयाँमा झरेको छ ।

८ अर्ब २० करोड ७९ लाख ६६ हजार रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको रिजर्भ फण्डमा २ अर्ब ३८ करोड ९० लाख ३५ हजार रुपैयाँ रहेको छ ।

समिक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी ६.२६ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १२९.११ रुपैयाँ रहेको छ भने मूल्यआम्दानीको अनुपात ९८.८८ गुणा रहेको छ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स