सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सको सेयर संरचना परिवर्तन

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सको सेयर संरचना परिवर्तन गरेको छ । कम्पनीको कुल ४ करोड १८ लाख ४० हजार कित्ता सेयरको सेयर स्वामित्व संरचना परिवर्तन भएको हो ।

जसअनुसार कम्पनीको संस्थापक समूहतर्फबाट ५१ प्रतिशत र सर्वसाधारणतर्फ ४९ प्रतिशत कायम भएको छ । यसअघि, कम्पनीको संस्थापक समूहको ७० प्रतिशत र सर्वसाधारणको ३० प्रतिशत सेयर स्वामित्व रहेको थियो ।

सेयर संरचना परिवर्तन पछि संस्थापक समूहको सेयर स्वामित्व २ करोड १३ लाख ३८ हजार ४०० कित्ता र सर्वसाधारण समूहको २ करोड ५ लाख १ हजार ६०० कित्ता कायम भएको छ ।

कम्पनीको संस्थापक समूहको सेयर धितोपत्र दर्ता तथा निष्कासन नियमावली, २०७३ को दफा ३८ को लकइन सम्बन्धी व्यवस्था पूर्ण रुपमा पालना हुने शर्तसहित सेयर सूचीकृत गरिएको नेप्सेको भनाइ छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स