आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको नाफा १५६.६७ प्रतिशतले बढ्यो, अन्य सूचक कस्ता ?

काठमाडौं । आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले गत आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमासम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

गत आर्थिक वर्षको असार मसान्तसम्ममा कम्पनीले ६१ करोड २१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो वर्षको सोही अवधिको तुलानामा १५६.६७ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा कम्पनीले २३ करोड ८४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

समिक्षा अवधिमा कम्पनीले १ अर्ब ४१ करोड ८२ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । यो अघिल्लो आवको सोहि अवधिको तुलानामा ९०.५६ प्रतिशतले बढी हो । अघिल्लो आवमा कम्पनीले ७४ करोड ४२ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो ।

कम्पनीले ७४ करोड ८१ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । यो अघिल्लो आवको सोही अवधिको तुलानामा ६४.१२ प्रतिशतले बढी हो । अघिल्लो आवमा कम्पनीले ४५ करोड ५८ लाख रुपैयाँ खुद दाबी भुक्तकनी गरेको थियो ।

कम्पनीको कुल आम्दानी ८९.६३ प्रतिशत बढेर २ अर्ब ३६ करोड ५४ लाख रुपैयाँ र कुल खर्च ६४.४३ प्रतिशतले बढेर १ अर्ब ४९ करोड ९ लाख रुपैयाँ गरेको छ ।

कम्पनीको चुक्त पुँजी ३ अर्ब २ करोड रुपैयाँ रहेको छ ।

समिक्षा अवधिमा कम्पनीको विशेष जगेडा कोष २७.२४ प्रतिशतले बढेर १ अर्ब ७२ करोड ५७ लाख रुपैयाँ, महाविपत्ती कोष २९.४२ प्रतिशतले बढेर ८ करोड १२ लाख रुपैयाँ, रिटेन्ड अर्निङ ३४ करोड ६२ लाख रुपैयाँ र अन्य इक्विटी १४.२२ प्रतिशत बढेर ५० करोड ३३ लाख रुपैयाँ रहेको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) १२.३३ रुपैयाँबाट बढेर २०.२१ रुपैयाँ पुगेको छ । त्यस्तै, प्रतिसेयर नेटवर्थ १८७.७० रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात २७.६१ गुणा रहेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स