नेपाल रि इन्स्योरेन्सको नाफा ५१ करोड ५८ लाख, प्रतिसेयर आम्दानी कति ?

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी (नेपाल रि) ले गत आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

गत आर्थिक वर्षको असार मसान्तसम्ममा कम्पनीले ५१ करोड ५८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १३.४९ प्रतिशतले कम हो। अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा कम्पनीले ५९ करोड ६२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

समीक्षा अवधिमा कम्पनीले ५ अर्ब १५ करोड ४३ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । यो अघिल्लो आवको तुलानामा ८.५७ प्रतिशतले कम हो । अघिल्लो आवको सोही अवधिमा कम्पनीले ५ अर्ब ६३ करोड ७६ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो ।

समिक्षा अवधिमा कम्पनीले ३ अर्ब ६३ करोड ७१ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । अघिल्लो आवको सोही अवधिमा कम्पनीले ३ अर्ब ६७ करोड ६ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो ।

चुक्तापुँजी १२ अर्ब ८१ करोड रुपैयाँ रहेको कम्पनीको विशेष जगेडा कोषमा ३ अर्ब ९२ करोड रुपैयाँ सञ्चित गरेको छ ।

कम्पनीको महाविपत्ती कोषमा २७ करोड ६३ लाख रुपैयाँ सञ्चित गरेको छ । यसैगरी, कम्पनीको रिटेन्ड अर्निङमा १ अर्ब ८ करोड रुपैयाँ र अन्य इक्विटीमा ७८ करोड ८० लाख रुपैयाँ छ।

कम्पनीको प्रतिसेयर आम्दानी ६३ पैसा घटेर ४.३ रुपैयाँमा झरेको छ। त्यस्तै, मूल्य आम्दानी अनुपात १९२.५५ गुणा छ भने प्रतिसेयर नेटवर्थ १४७.४५ रुपैयाँ रहेको छ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स