सन नेपाल लाइफ इन्स्योरेन्सको नाफा ५७ करोड ४९ लाख, प्रतिसेयर आम्दानी कति ?

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।

गत वर्षको असार मसान्तसम्ममा कम्पनीले ५७ करोड ४९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो आवको सोही अवधिको तुलानामा २६ प्रतिशतले कम हो । अघिल्लो आवको सोहि अवधिमा कम्पनीले ७८ करोड २२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

समिक्षा अवधिमा कम्पनीले खुद बीमाशुल्क आर्जन १५.७६ प्रतिशत बढेर ३ अर्ब ४५ करोड २५ लाख रुपैयाँ गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले २ अर्ब ९८ करोड २० लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो ।

कम्पनीले पुनर्बीमातर्फ ४३ करोड २८ लाख रुपैयाँ खर्च गरेको छ । अघिल्लो आवको सोही अवधिमा कम्पनीले ७६ करोड ९९ लाख रुपैयाँ पुनर्बीमातर्फ खर्च गरेको थियो ।

कम्पनीको कुल आम्दानी ४ अर्ब ४५ करोड ४१ लाख रुपैयाँ गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ३ अर्ब ९८ करोड ८७ लाख रुपैयाँ कुल आम्दानी गरेको थियो ।

कम्पनीको चुक्ता पुँजी ३ अर्ब ९६ करोड १६ लाख रुपैयाँ, सेयर प्रिमियम १ अर्ब २६ करोड ७६ लाख रुपैयाँ, महाविपत्ति कोष १५ करोड ७ लाख रुपैयाँ, रिटेन्ड अर्निङ ५० करोड २० लाख रुपैयाँ र अन्य इक्विटी ३७ करोड २१ लाख रुपैयाँ रहेको छ ।

समीक्षा अवधिमा कम्पनीले ३२ करोड ६३ लाख रुपैयाँ अभिकर्ता कमिशनमा खर्चिएको छ । गत आवको सोही अवधिमा कम्पनीले ३४ करोड ६६ लाख रुपैयाँ खर्चिएको थियो ।

कम्पनीको प्रतिसेयर आम्दानी १४.५१ रुपैयाँ छ भने प्रतिसेयर नेटवर्थ १५७.७८ रुपैयाँ छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स