प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल

काठमाडौं । प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यमा २२ लाख ५० हजार कित्ता सेयर निष्काशन गर्न लागेको हो ।

कम्पनीले आईपीओ निष्काशनका लागि धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटललाई नियुक्त गरेको छ ।

सम्झौतापत्रमा कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नरेश कुमार रोका र एनआइएमबि एस क्यापिटलको तर्फबाट महाप्रबन्धक सचिन्द्र ढुंगानाले हस्ताक्षर गरेका छन् ।

उक्त कम्पनी २०७९ पुस १२ गते कम्पनी रजिष्ट्रार कार्यालयमा दर्ता भएर २०७९ चैत २९ गते नेपाल बीमा प्राधिकरणबाट निर्जीवन लघुबीमा व्यवसाय सञ्चालनार्थ अनुमित पाएको बीमा कम्पनी हो ।

कैलालीको धनगढीमा केन्द्रीय कार्यालय रहेको कम्पनीले हाल सम्म २९ वटा कार्यालयमार्फत लघुबीमा सेवा प्रदान गर्दै आएको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स