बीमा क्षेत्रको वृद्धि विकासमा हाम्रोअर्थले निश्पक्ष कलम चलाओस् : अध्यक्ष सिलवाल

काठमाडौं । नेपाल बीमा प्राकिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालले बीमा क्षेत्रको विकास तथा विस्तार गर्न हाम्रोअर्थ डटकमले निश्पक्ष कलम चलाएर अझ महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन् ।

हाम्रोअर्थ डटकम चौथो वर्षमा प्रवेश गरेको अवसरमा शुभकामना सन्देश दिँदै उनले आर्थिक उत्थान, सुशासन तथा समृद्धिको यात्रामा वित्तीय तथा बीमा सचेतना अभिवृद्धिमा अझ पैरवी गर्दै जाने विश्वास व्यक्त गरेका छन् ।

नेपालको बीमा क्षेत्रमा हाम्रोअर्थ डटकमले विगत ३ वर्षदेखि विश्लेषणात्मक, रचनात्मक तथा आलोचनात्मक रुपले योगदान गर्दै आएको छ । कुनै पनि संस्था र सञ्चार माध्यमको लागि ३ वर्ष खास धेरै समय पक्कै होइन, तर पनि हाम्रोअर्थ डटकमले छोटो अवधिमा बीमा क्षेत्रको नीतिगत विवेचनात्मक विश्लेषणका साथै बीमा सचेतना, विचारको मन्थन गरेर कम्पनीहरूले जारी गर्ने पोलिसीमा समेत बहस गर्दै आएको छ ।

बीमा क्षेत्रको हरेक पाटोलाई आत्मसाथ गर्दै यस क्षेत्रमा भएका विकृति तथा विसंगतीलाई उदाङ्गो पार्दै नीतिगत पैरवी गर्दै आएको अध्यक्ष सिलवाले अनुभूति गर्नु भएको छ । आर्थिक सुशासन, भ्रष्टाचार रहित समाज निर्माणमा समेत यस सञ्चार माध्यमले कलम चलाउँदै आएको उनले औंल्याएका छन् ।

नेपाल बीमा प्राधिकरणका अध्यक्ष सिलवालको शुभकामना सन्देश

‘हाम्रोअर्थ डटकम’ अनलाइनले चौथो वार्षिकोत्सव मनाउन लागेको शुभ अवसरमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।
आर्थिक समृद्धि, सुशासन कायम गर्न राष्ट्रको चौथो अंगको रुपमा स्थापित सञ्चार माध्यमको निकै ठूलो भूमिका रहन्छ । व्यवसायिक, रचनात्मक तथा गुणात्मक समाचार सम्प्रेषण मार्फत संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास र सुशासन कायम गर्नमा आम सञ्चार माध्यमको महत्वपूर्ण भूमिका रहँदै आएको छ ।

आर्थिक क्षेत्रको उत्थान, दिगो विकास तथा समृद्धिको यात्रामा ‘हाम्रोअर्थ डटकम’ले उठान गर्दै आएका विषयहरू स्मरण गर्दै निश्पक्ष, निश्वार्थ, तथ्यपरक र जिम्मेवार पत्रकारिताको दिशामा हाम्रोअर्थ डटकम परिवार थप मजबुत बन्दै जाने अपेक्षा सहित उक्त सञ्चार माध्यममार्फत आफ्ना सूचना तथा समाचार प्रसारण गर्नुहुने सबैमा हार्दिक बधाई दिन चाहन्छु ।

आर्थिक पत्रकारिताको माध्यमबाट देश र समावमा भएका विविध पाटाहरूलाई सूचना तथा समाचारको रुपमा प्रस्तुत गर्दै आएको यो अनलाइनले समग्र अर्थतन्त्रको महत्वपूर्ण अंगको रुपमा रहेको नेपालको बीमा क्षेत्र, बीमा व्यवसायको महत्व र आवश्यकता तथा नेपाल बीमा प्राधिकरणबाट एक गरेका कार्यहरूलाई विश्लेषणात्मक तथा विवेचनात्मक ढंगबाट प्रस्तुती गर्दै आएकोमा हार्दिक धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा अझ थप ऊर्जाको साथ नेपाली बीमा बजारलाई उजागर गर्ने विश्वास लिएको छु ।

अन्त्यमा, मर्यादित, जिम्मेवार र निर्भिक पत्रकारिताको माध्यमबाट हाम्रोअर्थ डटकमले मनाउन लागेको चौथो वार्षिकोत्सवको अवसरमा पुनः शुभकामना व्यक्त गर्दै आगामी दिनमा थप सफलताको लागि समेत कामना गर्दछु ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स