काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको संस्थापक सेयर बिक्रीमा राखिएको छ । कम्पनीले संस्थापक सेयरधनीहरूको नाममा रहेको ४ लाख ५६ हजार ५३३ कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको हो ।
उक्त सेयर हाल कम्पनीका विद्यमान संस्थापक सेयरधनीले मात्रै किन्न पाउनेछन् । सेयर खरीद गर्न चाहने इच्छुक संस्थापक सेयरधनीले ३५ दिनभित्र कम्पनीको कानुन विभागमा निवेदन दिनु पर्नेछ ।
तोकिएको म्यादभित्र सेयर खरीदका लागि आवेदन नपरेमा सर्वसाधारण व्यक्ति वा संघसंस्थामा बिक्री खुला गरिने कम्पनीले जनाएको छ ।