सौर्य एयरको विमान दुर्घटनाः ३० करोड बीमा दावी अनुमान, प्रभुलाई त्यति पर्दैन भार

काठमाडौं । सौर्य एयरको ९ एन एएमई जहाज दुर्घटना हुँदा ३० करोड रुपैयाँको दावी अनुमान कम्पनीले गरेको छ । प्रभु इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सन्चित बज्रचार्यले आज भएको दुर्घटनाका लागि ३० करोड रुपैयाँ दावी माग गरेर युरोपियन पुनर्बीमा कम्पनीलाई पत्र पठाइएको जानकारी दिए । सौर्य एयरका सबै विमानको बीमा प्रभु इन्स्योरेन्समा गरिएको छ ।

विमान दुर्घटनाको सबै विवरण आउन बाँकी रहेकाले दाबी भुक्तानी कति आउँछ भन्ने विषय अहिले एकिन हुन बाँकी रहेको पनि उनले बताए । ‘अहिले प्रारम्भिक अनुमानका आधारमा ३० करोड रुपैयाँसम्म बीमा दाबी भुक्तानीको फाइल आउन सक्छ,’ सीईओ भने ‘यस्ता ठूला बीमा पोलिसीको पुनर्बीमा विदेशी कम्पनीसँग गरिएको हुँदा प्रभु इन्स्योरेन्सलाई यसको दायित्व त्यति पर्दैन, तर पनि हाम्रो कम्पनीले बीमा पोलिसी जारी गरेको हो । यसै विषयलाई लिएर हामी अहिले बैठक बसिरहेका छौं ।’ सर्भेयरहरूले अध्ययन गरेपछि मात्रै यसको एकिन तथ्यांक आउँछ ।’

सौर्य एयरको जहाज दुर्घटना हुँदा साथ प्रभु इन्स्योरेन्सले बीमा दावी प्रक्रिया सुरु गरेको छ । बीमा दावी छिटो र छरितो बनाउन वीमित कम्पनीबाट दावीको फाइल आउनु अघि नै बीमा कम्पनीले नै पुनर्बीमा कम्पनीलाई प्रारम्भिक जानकारी गराएको हो ।

प्रभु इन्स्योरेन्समा बीमा दावी परेपनि ९९.५ प्रतिशत बीमा विदेशमा गरिएकोले ठूलो बीमा दावीले कम्पनीलाई कुनै फरक जनाएको छ । । सौर्य एयरलाइन्सको हवाई जहाज र यात्रुका ०.३ देखि ०.५ प्रतिशत मात्रै जोखिम राखिएको छ । बाँकी बीमा विदेशी पुनर्बीमा कम्पनीमा राखिएको छ ।

काठमाडौंबाट पोखरातर्फ प्रस्थान गर्ने क्रममा सौर्य एयरको ९ एन एएमई जहाज दुर्घटना हुँदा विमानमा सवार १८ जनाको निधन भएको छ । उक्त जहाज उड्ने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ‘रन वे’ पूर्वतर्फको खाल्डोमा खसेको थियो ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स