बीमांकी नियुक्ति मार्गदर्शन सम्बन्धी दुई दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न

काठमाडौं । नेपाल बीमा प्राधिकरणबाट जारी भएको बीमा कम्पनीहरूका लागि बीमांकी नियुक्ति सम्बन्धी मार्गदर्शन, २०८१ सम्बन्धी दुई दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रम असार २५ गते मंगलबार ललिपुरमा सम्पन्न भएको हो ।

आगामी साउन १ गतेदेखि कार्यान्वयनमा आउने मार्गर्दशनमा भएका बीमांकी नियुक्ति सम्बन्धी समग्र व्यवस्थाहरूका बारेमा बीमकहरूलाई विस्तृत जानकारी दिने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रममा नेपाल बीमा प्राधिकरणका निर्देशक पूजन ढुङ्गेल (अधिकारी) ले बीमा कम्पनीहरूले गर्ने व्यवसाय बढ्ने क्रममा रहेको र त्यस क्रममा व्यवसायको जोखिम तथा जटिलता पनि बढ्ने हुँदा बीमांकीको महत्व अझ बढी रहेको बताए ।

उनले बीमांकी नियुक्ति प्रक्रियालाई सहज बनाउन प्राधिकरणबाट बीमांकी नियुक्ति सम्बन्धी मार्गदर्शन जारी भएको स्पष्ट गरे । यही असार २४ गतेदेखि दुई दिनसम्म आयोजित कार्यक्रममा जीवन बीमा कम्पनी, निर्जीवन बीमा कम्पनी, लघुबीमा कम्पनी र पुनर्बीमा कम्पनीहरूका बीमांकीय विभाग र मानवस्रोत विभागका प्रमुखहरूको सहभागिता रहेको थियो ।

कार्यक्रमको संचालन नेपाल बीमा प्राधिकरणका उपनिर्देशक राम कोजुले गरेका थिए । प्राधिकरणले बीमांकीको न्यूनतम योग्यता, अनुभव, मापदण्ड र जिम्मेवारी लगायतका विषयमा विस्तृत अध्ययन र प्रचलित अन्तर्राष्ट्रिय अभ्यास समेतका आधारमा बीमांकी नियुक्ति सम्बन्धी मार्गदर्शन, २०८१ तयार गरी आगामी साउन १ गतेदेखि कार्यान्वयनमा आउने गरी गत वैशाख ४ गते जारी गरेको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स