११ महिनामा नेशनल लाइफ इन्स्योरेन्सको व्यवसाय १५ अर्ब, कस्ता छन् सूचक

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्सले झण्डै १५ अर्ब रुपैयाँको व्यवसाय गरेको छ । नेशनल लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको साउनदेखि जेठ मसान्तसम्म प्रथम बीमा र नवीकरण बीमा ६ लाख ५६ हजार ८९२ पोलिसी जारी गरेर १५ अर्ब ९८ करोड ३ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको हो ।

नेपाल बीमा प्राधिकरणका अनुसार ११ महिनाको अवधिमा उक्त कम्पनीले प्रथम बीमाबाट ४ अर्ब १६ करोड १५ लाख रुपैयाँ कुल बीम शुल्क आर्जन गरेको छ । त्यस्तै नवीकरण बीमा व्यापारबाट ११ अर्ब ८१ करोड ८८ लाख रुपैयाँ प्रिमियम संकलन गरेको प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ ।

नेशनल लाइफ इन्स्योरेन्सले सबै भन्दा बढि व्यापार मंसिर महिनामा १ अर्ब ८६ करोड ८७ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको देखिन्छ ।

कम्पनीले ७० हजार ४२२ पोलिसी जारी गरेर प्रथम बीमा ३६ करोड ११ लाख र नवीकरण बीमा १ अर्ब ५० करोड ७५ लाख रुपैयाँ प्रिमियम संकलन गरेको थियो ।

त्यसै गरी कम्पनीले जेठ महिनामा १ अर्ब ६४ करोड ८९ लाख, वैशाखमा १ अर्ब ४३ करोड २३ लाख, चैतमा १ अर्ब ३३ करोड ७२ लाख, फागुनमा १ करोड ५० करोड, ९१ लाख र माघ महिनामा १ अर्ब ४८ करोड ४८ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो ।

कम्पनीले पुष महिनामा प्रथम बीम र नवीकरण बीमाम ७६ हजार ४१ पोलिसी जारी गरेर १ अर्ब ४० करोड ५५ लाख, मंसिरमा १ अर्ब ८६ करोड ८७ लाख, कार्तिकमा १ अर्ब १० करोड ९ लाख, असोजमा १ अर्ब २८ करोड ४८ लाख, भदौमा १ अर्ब १० करोड ९ लाख र साउन महिनामा १ अर्ब ८० करोड ६८ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स