सूर्यज्योति लाइफ इन्स्योरेन्सको ३ लाख कित्ता संस्थापक सेयर बिक्री गर्दै एनआईसी एशिया

काठमाडों । एनआईसी एशिया बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेको सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले कम्पनीको ३ लाख कित्ता संस्थापक सेयर आजदेखि लिलामी मार्फत बिक्रीमा राखेको हो ।

इच्छुक लगानीकर्ताले आगामी असार २३ गतेसम्म गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ। उक्त सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १६२ रुपैयाँ निर्धारण गरिएको छ ।

सेयर खरिदका लागि बोलपत्र पेश गर्दा न्यूनतम ५ हजार कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि खरिद आवेदन दिन सकिनेछ। सेयर खरिदका लागि जोसुके व्यक्ति तथा कम्पनीले आवेदन दिन सक्नेछन् ।

सेयर बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ। बोलपत्र आवेदन काठमाडौंको बबरमहलस्थित एनआईसी एशिया क्यापिटलको कार्यालय वा थापाथलीस्थित एनआईसी एशिया बैंकको कर्पोरेट कार्यालयसँगै विराटनगर, वीरगन्ज, पोखरा, बुटवल, धनगढी र सुर्खेत शाखा कार्यालयमा बुझाउन सकिनेछ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स