११ महिनामा हिमालयन लाइफ गर्यो १४ अर्ब ४६ करोडको व्यवसाय

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले ११ महिना अबधिमा १ खर्ब ३५ अर्ब १० करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।

कम्पनीको कुल बीमालेख संख्या ३ लाख ९३ हजार ५ सय पुगेको छ । सक्रिया बीमालेख माफर्त शुल्क संकलन गरेको हो ।
चालू आर्थिक वर्षमा पनि ठूलो संख्यामा बीमालेख थप गर्न सफल भएको नेपाल बीमा प्राधिकरणको तथ्याङ्कले देखाएको छ ।

जेठ महिनामा यस बीमा कम्पनीले १ अर्ब १३ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको छ ।

कम्पनीले वैशाख महिनामा प्रथम बीमा र नवीकरण बीमा ४ हजार २०९ पोलिसी जारी गरेर १ अर्ब १७ करोड ९५ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । त्यसैगरी कम्पनीले चैत महिनामा प्रथम बीमा २५ करोड १० लाख र नवीकरण बीमा ८९ करोड ९२ लाख गरी कुल १ अर्ब १५ करोड ३ लाख रुपैयाँ प्रिमियम संकलन गरेको हो ।

फागुन महिनामा कम्पनीले ३ हजार ८४२ पोलिसी जारी गरेर प्रथम बीमा १९ करोड १४ लाख र नवीकरण बीमाम १ अर्ब ७ करोड ५२ लाख गरी कुल १ अर्ब २६ करोड ६७ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।

बीमा व्यवसाय गर्ने हिमालयन लाइफ इन्स्योरेन्सले माघ महिनामा ३ हजार १९ पोलिसी जारी गरेर १ अर्ब ८१ करोड ९८ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो । त्यसैगरी कम्पनीले पुषमा ४ हजार ७२ पोलिसी जारी गरेर १ अर्ब २९ करोड ४५ लाख रुपैयाँ प्रिमियम संकलन गरेको थियो ।

No description available.

कम्पनीले मंसिर महिनामा ३ हजार ८५५ बीमा पोलिसी जारी गरेर १ अर्ब ४३ करोड ३४ लाख ४९ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । कार्तिक महिनाको तुलनामा मंसिरमा कम्पनीको गरेको व्यवसाय ४५.४९ प्रतिशतले बढी हो ।

कार्तिक महिनामा कम्पनीको व्यवसाय ३०.७४ प्रतिशतले घटेको थियो । कम्पनीले प्रथम र नवीकरण बीमामा २ हजार ३३० बीमा पोलिसी जारी गरेर ९८ करोड ५१ लाख प्रिमियम संकलन गरेको हो । कार्तिक महिनामा ३०.७४ प्रतिशतले व्यापार घटेको सो कम्पनीको व्यवसाय मंसिर महिनामा ४५.४९ प्रतिशतले बढेको हो ।

कम्पनीले असोज महिनामा ३ हजार ८९१ बीमा पोलिसी जारी गरेर १ अर्ब ४२ करोड २४ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो । कम्पनीको व्यवसाय भदौ महिनामा ३९.४३ प्रतिशतले वृद्धि भएको व्यापार असोज महिनामा ४७.३४ प्रतिशतले व्यवसाय घटेको होे ।

कम्पनीले भदौ महिनामा प्रथम बीमा र नवीकरण बीमा गरी २ हजार ८३२ बीमा पोलिसी जारी गरेर १ अर्ब २ करोड २ लाख प्रिमियम संकलन गरेको थियो । असार महिनाको तुलनामा साउन महिनाको व्यवसाय ९.७७ प्रतिशतले बढी भएको हो । कम्पनीले साउन महिनामा ५ हजार ५७० बीमा पोलिसी जारी गरेर १ अर्ब ९३ करोड ७७ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स