वैदेशिक रोजगारमा जानेबाट उठ्यो २ अर्ब ८७ करोड बीमा शुल्क

काठमार्डौ । नेपाल बीमा प्राधिकरणको अनुसार वैदेशिक रोजगामा जानेबाट जेठ महिनासम्म २ अर्ब ८७ करोड ७७ लाख रुपैयाँ बीमा बीमा शुल्क संकलन भएको छ । बीमा कम्पनीहरूले जेठ महिनासम्म २० लाख ६७ हजार ६०३ पोलिसी जारी गरेका हुन् ।

गत आवको यसै अवधिमा बीमा व्यवसाय गर्ने कमपनीहरूले वैदेशिक रोजगारमा जानेहरूबाट २ अर्ब ९६ करोड ९२ लाख रुपैयाँ प्रिमियम संकलन गरेका थिए ।

बीमा कम्पनीहरूले जेठ महिनामा मात्रै ७१ हजार ०७८ पोलिसी जारी गरेर २९ करोड ६६ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् ।

्चालु आवको साउनदेखि जेठ महिनासम्म वैदेशिक बीमा व्यवसाय गर्ने बीमा कम्पनीहरू मध्य सबैभन्दा बढि व्यवसाय सन नेपाल लाइफ इन्स्योरेन्सले ६ लाख ७८ हजार २९८ पोलिसी जारी गरेर ७४ करोड ७९ लाख रुपैयाँ प्रिमियम संकलन गरेको छ भने सोहि अवधिमा कम व्यवसाय प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले ३ करोड ६८ लाख रुपैयाँ मात्र प्रिमियम संकलन गरेको सार्वजनिक तथ्यांकमा उल्लेख छ ।

बीमा व्यवसाय गर्ने कम्पनीहरू प्रतिस्प्रधामा रहेको देखिन्छ । सन लाइफलाई पछाउदै नेपाल लाइफ इन्स्योरेन्सले ५८ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको देखिन्छ भने सोहि अवधिमा आइएमई लाइफ इन्स्योरेन्स र एशियन लाइफ इन्स्योरेन्सको पनि प्रतिस्प्रधा रहेको छ ।

बीमा प्राधिकारणले जानकारी दिए अनुसार बीमा व्यवसाय गर्ने नेशनल लाइफ इन्स्योरेन्सले २५ करोड ४२ लाख, सानीमा रिलायन्स लाइफ इन्स्योरेन्सले १९ करोड २२ लाख, सुर्यज्योति लाइफ इन्स्योरेन्सले १८ करोड ८१ लाख, रिलायबल नेपाल लाइफले १६ करोड ९७ लाख र सिटिजन लाइफ इन्स्योरेन्सले ९ करोड १२ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका हुन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स