प्रभु महालक्ष्मी लाइफको बीमालेख नवीकरण गर्दा १००% सम्म छुट

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले व्यतित बीमालेख नवीकरण गर्दा लाग्ने विलम्ब शुल्कमा शतप्रतिशतसम्म छुट दिने निर्णय गरेको छ ।

कम्पनीबाट जारी भई व्यतित भएका बीमालेखहरू असार १२ देखि २७ गतेसम्म नवीकरण गरेमा विलम्ब शुल्क (समुन्नती जीवन बीमा योजना बाहेक) मा छुट दिने सूचनामा उल्लेख छ ।

कम्पनीले असार १२ गतेदेखि आगामी असार २७ गतेसम्ममा नविकरण बीमाशुल्क भुक्तानी गरी सुचारु गरेमा बीमालेख नविकरण शुल्कमा लाग्ने बिलम्ब शुल्कमा छुट दिने बताएको छ ।

कम्पनीले ५ वर्षभन्दा बढी अवधिदेखि व्यतित बीमालेखमा २० प्रतिशत छुट, ३ देखि ५ वर्ष अवधिसम्म व्यतित बीमालेखमा ५० प्रतिशत छुट र ३ वर्षभित्रको व्यतित बीमालेखमा १०० प्रतिशत छुट दिने बताएको छ ।

साथै यस प्रकारको छुट बीमालेख अवधिभर एकपटक मात्र पाइने र छुट सुविधाको उपयोग गरी नवीकरण गरिएको बीमालेख दुई वर्षभित्र सरेन्डर गरेमा छुट कट्टा गरिने पनि कम्पनीले बताएको छ ।

यसभन्दा पहिले बिलम्ब छुट सुविधा प्राप्त गरिसकेका बीमालेखलाई भने यस योजनामा समावेश नगरिने कम्पनीले बताएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स