प्रमुख कार्यकारी अधिकृत खोज्दै नेपाल लाइफ, को होला अबको सीईओ ?

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले प्रमुख कार्यकारी अधिकृत (सीईओ) खोज्ने कार्य शुरु गरेको छ । इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले व्यक्तिगत कारण देखाएर राजीनामा दिएपछि कम्पनी सञ्चालक समितिले नयाँ सीईओ खोजी गर्न थालेको हो । अहिले कम्पनीले सुशील कुमार चौधरीलाई कार्यवहाक प्रमुख कार्यकारीको जिम्मेवारी दिएको छ ।

प्रसाई सरले दिएको राजीनामा हिजो बसेको सञ्चालक समिति बैठकले स्वीकृत गरेको नेपाल लाइफका सञ्चालक कमलेश कुमार अग्रवाले जानकारी दिए । ‘उहाँले व्यक्तिगत कारण देखाएर राजीनामा दिनु भएकाले हामीले हिजो स्वीकृत गर्यौ,’ उनले भने ‘अब नयाँ सीईओ खोजी गर्ने छौं ।’

बीमा कम्पनी सीईओ हुनका लागि आवश्यक मापदण्ड पुरा गरेका योग्य व्यक्तिले आवेदन दिन सक्नेछन् ।’ कर्पोरेट कल्चर जानेको र उत्कृष्ट व्यावसायिक योजना ल्याउने क्याडिडेडलाई कम्पनी सुम्पने तयारी हामीले गरेका छौं ।

अब बजारमा नाम चलेका बीमा कम्पनीको सीईओ हुन सक्ने योग्यता भएका व्यक्तिबाट नियुक्त हुने सम्भावना देखिएको छ ।

बीमा ऐन अनुसार दुई कार्यकाल पुरा गरेका व्यक्तिले फेरि सोही कम्पनीमा प्रमुख कार्यकारी अधिकृत बन्न नपाउने व्यवस्थाका कारण पुराना सीईओ विवेक झा फर्कन नपाउने भएका छन् । सो कारण कम्पनीले उनीजस्तै योग्य सीईओ खोजेर नियुक्त गर्ने प्रक्रिया अब बस्ने सञ्चालक समिति बैठकले गर्नेछ ।

साधारणतया बीमा कम्पनीका सीईओहरूले कामबाट जस पाइहाल्दैनन् । किनकी यो व्यवसाय कम्पनीभित्रबाट भन्दा पनि एजेन्टहरूबाट चल्ने भएकाले पनि यस्तो समस्या आएको हो ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स