युनाइटेड अजोड इन्स्योरेन्सको संस्थापक सेयर बिक्रीमा

काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको संस्थापक सेयर बिक्रीमा राखिएको छ । कम्पनीले विभिन्न संस्थापक सेयरधनीको स्वामित्वमा रहेको ४९ हजार ७०५ कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको हो।

कम्पनीले संस्थापक सेयरधनी जनार्दन देव पन्तको नाममा रहेको ३३ हजार १३७ कित्ता र अन्जु पाण्डेको नाममा रहेको १६ हजार ५६८ कित्ता गरी कुल ४९ हजार ७०५ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।

उक्त सेयर खरिदका लागि कम्पनीका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन पाउनेछन् । सेयरको न्यूनतम मूल्य प्रतिकित्ता २४० रुपैयाँ निर्धारण गरिएको छ ।

विद्यमान संस्थापकहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र सुन्धारामा रहेको कम्पनीको केन्द्रीय कार्यालयमा आवेदन दिनुपर्नेछ ।

निर्धारित मितिभित्र कुनै आवेदन नआएमा अन्य व्यक्ति तथा कम्पनीसलाई सेयर बिक्रीको प्रक्रिया अघि बढाइने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स