काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले नयाँ बोनसदर सार्वजनिक गरेको छ । कम्पनीले बीमितहरुका लागि आर्थिक वर्ष २०७९/८० को लागि नयाँ बोनसदर घोषणा गरेको हो ।
कम्पनीले आव २०७९/८० को आर्थिक स्थितिको लेखाजोखा र दायित्वको मूल्यांकन सम्बन्धि बीमांककीय प्रतिवेदन नियामक निकाय बीमा प्राधिकरणबाट स्वीकृती भएबमोजिम बोनसदर सार्वजनिक गरेको हो ।
कम्पनीले सार्वजनिक गरेको बोनसदर अनुसार बीमितले न्यूनतम प्रतिवर्ष प्रति हजार ६३ रुपैयाँदेखि अधिकतम ८५ रूपैयाँसम्म बोनस पाउनेछन् ।
१. सावधिक जीवन बीमालेख
कम्पनीले यस बीमालेख अन्तर्गत न्यूनतम ६४ रुपैयाँदेखि अधिकतम ८५ रुपैयाँसम्म बोनस दिने भएको छ । कम्पनीले ० देखि ९ वर्ष अवधिसम्मको लागि ६४ रुपैयाँ, १० देखि १४ वर्ष अवधिसम्मको लागि प्रतिहजार ६४ रुपैयाँ बोनसदर निर्धारण गरेको छ ।
कम्पनीले १५ देखि २० वर्ष अवधिको लागि प्रतिहजार ६४ रुपैयाँ, २१ देखि २५ वर्ष अवधिको लागि प्रतिहजार ७० रुपैयाँ, २६ वर्षदेखि २९ वर्षसम्मको लागि ८५ रुपैयाँ र ३० वर्ष वा सोभन्दा माथि अवधिको लागि पनि ८५ रुपैयाँ बोनसदर कायम गरेको छ ।
२. सावधिक तथा आजीवन बीमालेख
कम्पनीले यस बीमालेख अन्तर्गत न्यूनतम ६४ रुपैयाँदेखि ८५ रुपैयाँसम्म बोनस दिने भएको छ । कम्पनीले ० देखि ९ वर्ष अवधिको लागि प्रतिहजार ६४ रुपैयाँ, १० देखि १४ वर्ष अवधिसम्मको लागि प्रतिहजार ६४ रुपैयाँसम्मको बोनसदर कायम गरेको छ।
कम्पनीले १५ देखि २० वर्ष अवधिसम्मको लागि ६४ रुपैयाँ, २१ वर्षदेखि २५ वर्ष वर्षसम्म ७० रुपैयाँ, २६ देखि २९ वर्षसम्म ८५ रुपैयाँ र ३० वर्ष वा सोभन्दा माथि अवधिका लागि प्रतिहजार ८५ रुपैयाँसम्म बोनसदर कायम गरेको छ ।
३. अग्रिम भुक्तानी सावधिक जीवन बीमालेख
कम्पनीले यस बीमालेखमा न्यूनतम ६३ रुपैयाँदेखि ६४ रुपैयाँसम्म बोनस दिने भएको छ । कम्पनीले ० देखि ९ वर्ष अवधिको लागि प्रतिहजार ६३ रुपैयाँ, १० देखि १४ वर्ष अवधिसम्मको लागि प्रतिहजार ६३ रुपैयाँसम्म बोनसदर कायम गरेको छ।
कम्पनीले १५ देखि २० वर्ष अवधिसम्मको लागि ६४ रुपैयाँ, २० वर्षबाट २५ वर्षसम्मको लागि ६४ रुपैयाँ, २६ वर्षदेखि २९ वर्षसम्म ६४ रुपैयाँ र ३० वा सोभन्दा माथि अवधिका लागि प्रतिहजार ६४ रुपैयाँसम्म बोनसदर निर्धारण गरेको छ ।