अन्तर्राष्ट्रिय समावेशी बीमा सम्मेलन हुँदै, कुन बीमा कम्पनीको कति योगदान ?

काठमाडौं । नेपालमा समावेशी बीमा सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन गर्ने भएको छ । आगामी असोजमा बीमा क्षेत्रका सबै सरोकारवालाहरू एउटै मञ्चमा राखेर अन्तर्राष्ट्रिय सम्मेलन गर्न लागेको हो ।

यस्तो सम्मेलन नेपालमा पहिलो पटक आयोजना गर्न लागिएको हो ।आयोजकमा नेपाल बीमा प्राधिकरणलसँगै सबै बीमा कम्पनीहरु समेत रहने गरि सम्मेलन आयोजना हुने भएको छ ।

समावेशी बीमा सम्बन्धको अन्तर्राष्ट्रिय स्तरको यो २० औं सम्मेलन हो । यसको आयोजना गर्ने अवसर नेपालले पाएको छ ।

माइक्रो इन्स्योरेन्स नेटवर्क र म्युनिख रि फाउण्डेशन समेत यो सम्मेलनको लागि सहयोग रहने प्राधिकरणको भनाई छ ।

सम्मेलनको नाम ‘द इन्टरनेशनल कन्फेरेन्स अन इक्लुसिभ इन्स्योरेन्स २०२४’ नाम दिइएको छ । सम्मेलनको खर्च कसरी तय गर्ने विषयमा छलफल समेत चलिरहेको छ ।

सम्मेलनको आवश्यक बजेट जुटाउन आज आर्थात् मंगलबार सबै बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरूलाई बोलाएर प्राधिकरणले छलफल गरेको हो ।

अन्तर्राष्ट्रिय सम्मेलनको लागि आजको बैठकले बीमक कम्पनीहरूले के कति योगदान गर्ने भन्ने विषयमा विशेष छलफल भएको हो ।

अन्तर्राष्ट्रिय बीमा सम्मेलनमा देशका जीवन तथा निर्जीवन बीमा कम्पनी, दुई वटै रि इन्स्योरेन्स कम्पनी, लघु बीमा कम्पनी तथा ब्रोकर कम्पनी समावेश हुने बीमा प्राधिकरणले जानकारी दिएको छ ।

प्राधिकरणका अनुसार आजको छलफलले सबै भन्दा धेरै पुनर्बीमा कम्पनीले लगात ब्योहोर्नु पर्ने प्रस्ताव गरेको छ ।

त्यसपछि क्रमशः जीवन बीमा कम्पनी , निर्जीवन बीमा कम्पनी र अन्तिममा लघुबीमा कम्पनीहरुले लगानी गर्नुपर्ने प्रस्ताव भएको हो ।

पुँजी धेरै रहने कम्पनीले धेरै र थोरै रहनेले थारै लागत व्यहोर्नुपर्ने छलफल भएको हो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स