सञ्चालकलाई चित्त बुझाउन नसकेका प्रसाईले ९ महिनामै दिए नेपाल लाइफ इन्स्योरेन्सबाट राजीनामा

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले राजीनामा दिएका छन् । चार्टर्ड एकाउन्टेन्ट प्रसाईले बीमा समितिको जागिर छाडेर नेपाल लाइफ आएका हुन् । ४ वर्ष तीन महिना नेपाल लाइफमा काम गरेर उनी फेरि कम्पनीबाट बाहिरिएका छन् ।

प्रमुख कार्यकारी अधिकृत प्रसाईलाई २०७७ साउन १ गतेदेखि कार्यबाहक प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिइएको थियो । कार्यवहाक पाएको ८ महिना पछि मात्रै प्रसाईलाई प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिइएको थियो ।

उनलाई माघ २७ गते बसेको सञ्चालक समितिले चार वर्षका लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको थियो । ८ महिनाको कार्य सम्पादनको मूल्यांकन गरेर नै जिम्मेवारी दिएको थियो ।

निवर्तमान प्रमुख कार्यकारी अधिकृत विवेक झाले दुई कार्यकाल पुरा गरेर बाहिरिएका थिए । उनी बाहिरिएपनि लामो समयसम्म सीईओ नियुक्त नगर्दा फेरि झा नै बन्ने हल्ला पनि चलेको थियो ।

उनको नियुक्ति पछि बसेको सञ्चालक समिति बैठकले अभिकर्ताको टार्गेट बढाइ दियो र सो टार्गेट पुरा गर्न नसकिने भन्दै अधिकर्ताहरू आन्दोलित भए र अन्ततः कम्पनीले सो नीतिगत व्यवस्थचा फिर्ता लियो । सो कारणले अभिकर्ताहरूले उत्सहजनक तवरबाट व्यवसाय ल्याएनन् र यसको दोष सञ्चालक समितिले प्रसाईलाई लगायो ।

व्यवसायका विषयमालाई लिएर सञ्चालक समितिले पटक पटक उनीमाथि प्रश्न गरेपछि उनले राजीनामा दिएको एक सञ्चालकले बताए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स