नेपाल लाइफ इन्स्योरेन्सद्वारा साधारण सभा आह्वान, बुक क्लोज कहिले ?

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले दुई आर्थिक वर्षको साधारण सभा आह्वान गरेको छ । कम्पनीले सभा असार १८ गते वीरगञ्जस्थित होटल भिष्वामा बिहान ९ बजे डाकेको हो।

कम्पनीले सभामा गत आर्थिक वर्षको नाफाबाट २१.०५ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पेश गर्नेछ ।

सभामा आर्थिक वर्ष २०७८/७९ र २०७९/८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ ।

सभाले संस्थापक समूहका सेयरधनीहरुबाट ३ जना सञ्चालक र सर्वसाधारण समूहका सेयरधनीहरुको तर्फबाट ३ जना सञ्चालक तथा १ जना स्वतन्त्र सञ्चालक हुने गरी समूहगत प्रतिनिधित्व सम्बन्धमा नियमावली संशोधन गर्नेछ ।

कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि असार ४ गते बुक क्लोज गर्ने भएको छ । तसर्थ, असार ३ गतेसम्म कायम सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स