वैदेशिक रोजगारीमा जाने कामदारबाट मात्रै उठ्यो साढे २ अर्ब बढी बीमा शुल्क

काठमाडौं । चालु आर्थिक वर्षको वैशाख महिनासम्म जीवन बीमा  कम्पनीहरूले वैदेशिक रोजगारमा जाने कामदारबाट २ अर्ब ५८ करोड १० लाख रुपैयाँ कुल बीमा शुल्क संकलन भएको छ ।

चालु आर्थिक वर्षको साउनदेखि वैशाख अन्त्यसम्म जीवन बीमा कम्पनीहरूले २० लाख ७० हजार २६२ वैदेशिक रोजगार बीमालेख जारी गरको छन् ।

नेपाल बीमा प्राधिकरणको तथ्याङ्क अनुसार बीमा कम्पनीहरूले वैशाख महिनामा मात्रै ७१ हजार ७३ बीमालेख जारी गरेर २९ करोड ७१ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको पाइएको हो ।

बीमा व्यवसाय गर्ने बिमकहरू मध्ये सबैभन्दा बढी सन नेपाल लाइफ इन्स्योरेन्सको छ । लसबैभन्दा कम व्यवसाय प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको रहेको छ ।

वैशाख अन्त्यसम्मा सन नेपाल लाइफ इन्स्योरेन्सले ७ लाख दुई हजार ८१० पोलिसी जारी गरेर ६४ करोड ७३ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले वैशाख महिनामा मात्रै १८ हजार ४५९ पोलिसी जारी गरेर ७ करोड ७८ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको हो ।

त्यसैगरी बढी बीमा व्यवसाय गर्ने दोस्रो नम्बरमा नेपाल लाइफ इन्स्योरेन्स रहेको छ । कम्पनीले ४ लाख ५८ हजार ८ पोलिसी जारी गरेर ५४ करोड १६ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।

सो अवधिमा आइएमई लाइफ इन्स्योरेन्सले १ लाख ८५ हजार २२० पोलिसी जारी गरेर ३० करोड ५९ लाख रुपैयाँ प्रिमियम संकलन गरेको सार्वजनिक तथ्यांकमा उल्लेख छ ।

वैशाख अन्त्यसम्म वैदेशिक रोजगारीबाट बीमा व्यवसाय गर्ने एशियन लाइफ इन्स्योरेन्सले ६६ हजार ८२५ बीमा पोलिसी जारी गरेर २५ करोड १ लाख, नेशनल लाइफ इन्स्योरेन्सले २३ करोड १२ लाख, सूर्यज्योती लाइफ इन्स्योरेन्सले १८ करोड ८० लाख, सानीमा रिलायन्स लाइफ इन्स्योरेन्सले १७ करोड २७ लाख, रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले १५ करोड ५५ लाख, सिटिजन लाइफ इन्स्योरेन्सले ८ करोड ६५ लाख रुपैयाँ र प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले सबै भन्दा कम १७ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका प्राधिकरणको तथ्याङ्कले देखाएको हो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स