काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ ।
कम्पनीको आइतबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।
कम्पनीले हाल कायम रहेको चुक्तापुँजीको २१.०५ प्रतिशत अर्थात् १ अर्ब ७२ करोड ८९ लाख ९२ हजार ९०० रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
हाल कम्पनीको चुक्तापुँजी ८ अर्ब २० करोड ७९ लाख ६६ हजार ५५४ रुपैयाँ रहेको छ ।
उक्त लाभांश कम्पनीको आगामी साधारण सभा र नेपाल बीमा प्राधिकरणले स्वीकृत गरेपछि सेयरधनीहरुमा वितरण हुने छ ।