काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको सेयर मूल्य समायोजन भएको छ । बिहीबार कम्पनीको ४.७५ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको हो ।
बिहीबारको अन्तिम कारोबार मूल्य ६९३ रुपैयाँलाई आधार मानेर भाउ समायोजन गरिएको हो । समायोजन पश्चात कम्पनीको मूल्य ६६१.५८ रुपैयाँ कायम भएको छ ।
योसँगै, अब आइतबार सोही मूल्यलाई आधार मानेर कम्पनीको कारोबार खुला हुनेछ ।