एशियन लाइफ इन्स्योरेन्सले ४२ प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले हकप्रद सेयर निष्काशन गर्ने भएको छ । कम्पनीले हाल कायम चुक्ता पुँजीको ४२ प्रतिशत अर्थात् १ः०.४२ अनुपातमा हकप्रद साधारण सेयर निष्काशन गर्ने तयारी गरेको हो ।

कम्पनीले हकप्रद साधारण निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा मुक्तिनाथ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।

हकप्रद सेयर निष्काशनसम्बन्धी सम्झौतापत्रमा कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत दिनेश लाल श्रेष्ठ र मुक्तिनाथ क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशीले हस्ताक्षर गरेका छन् ।

बीमा नियामक नेपाल बीमा प्राधिकरणले न्यूनतम चुक्ता पुँजी ५ अर्ब पु¥याउन दिएको निर्देशन दिए बमोजिम कम्पनीले सेयर लाभांश र हकप्रद निष्काशनमार्फत् चुक्ता पुँजी जुटाउने क्यापिटल प्लान अन्तर्गत हाल कायम चुक्ता पुँजीको ४२ प्रतिशत (१,४२,७९,३१२ कित्ता) हकप्रद सेयर जारी गर्न लागेको हो ।

हकप्रद सेयर वितरण पछि कम्पनीको चुक्ता पुँजी ४ अर्ब ८२ करोड ७७ लाख ६७ हजार ५५६ पुग्नेछ ।

कम्पनीको १६ औं वार्षिक साधारण सभाबाट ४२ प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव पारित भएको थियो ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स