सिटिजन लाइफ इन्स्योरेन्सको नाफामा उल्लेख्य प्रगति, अन्य सूचकांक कस्ता ?

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म खुद नाफा ८७.३५ प्रतिशत बढेको छ ।

गत आर्थिक वर्षको चैत मसान्तसम्ममा १५ करोड १ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको सोही अवधिमा २८ करोड १३ लाख रुपैयाँ खुद नाफा कमाएको हो । खुद बीमाशुल्क सामान्य बढेको कम्पनीको खुद नाफामा भने उल्लेख्य प्रगति भएको छ ।

चालु आर्थिक वर्षको पहिलो ९ महिनासम्म इन्स्योरेन्सको खुद बीमाशुल्क ३ अर्ब ९९ करोड ११ लाख रुपैयाँ रहेको छ । यो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ७.०५ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिमा इन्स्योरेन्सको खुद बीमाशुल्क ३ अर्ब ७२ करोड ८२ लाख रुपैयाँ रहेको थियो।

समीक्षा अवधिमा इन्स्योरेन्सको कुल आम्दानी १४.४१ प्रतिशत बढेको छ । खुद दाबी भुक्तानी १५.५९ प्रतिशत र कुल खर्च ११.९३ प्रतिशत बढेको छ ।

नाफा बढेसँगै इन्स्योरेन्स कम्पनीको प्रतिसेयर आम्दानी पनि बढेको छ । समीक्षा अवधिमा इन्स्योरेन्सको यस्तो आम्दानी १ रुपैयाँ ९० पैसा बढेर ९ रुपैयाँ ५३ पैसा पुगेको छ । चैत मसान्तसम्म इन्स्योरेन्स कम्पनीको प्रतिसेयर नेटवर्थ १७५ रुपैयाँ ७२ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ४७.४० गुणा रहेको छ ।

३ अर्ब ९३ करोड रुपैयाँ चुक्ता पुँजी रहेको यस इन्स्योरेन्सको सेयर प्रिमियममा १ अर्ब ५५ करोड रुपैयाँ, महाविपत्ती जगेडामा १६ करोड ५३ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा ६३ करोड १७ लाख रुपैयाँ र अन्य इक्विटीमा ६३ करोड २४ लाख रुपैयाँ रहेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स