काठमाडौं । नेपाल इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ ।
चालु आर्थिक वर्षको चैत मसान्तसम्म कम्पनीले ६१ करोड ४४ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोहि अवधिको तुलानामा १०१.१३ प्रतिशतले बढी हो । गत वर्ष कम्पनलिे ३० करोड ५४ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।
समिक्षा अवधिमा कम्पनीले ४९ करोड १३ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । यो गत वर्षको तुलनामा १.४९ प्रतिशतले कम हो । गत वर्ष कम्पनीले ४९ करोड ८७ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो ।
कम्पनीको व्यवसाय ८.३३ प्रतिशतले बढेर १ अर्ब १९ करोड १९ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । यो गत वर्षको तुलानामा ८.३३ प्रतिशतले बढी हो । गत वर्ष कम्पनीले १ अर्ब १० करोड ३ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो ।
कम्पनीको बीमा कोष १ अर्ब ७२ करोड ९२ लाख रुपैयाँबाट घटेर १ अर्ब ५५ करोड २० लाख रुपैयाँ पुगेको छ । कम्पनीको बीमा पोलिसि संख्या १ लाख ३८ हजारबाट बढेर १ लाख ५९ हजार पुगेको छ ।
कम्पनीको चुक्तापुँजी १० प्रतिशतले बढेर १ अर्ब ६४ करोड ४२ लाख रुपैयाँ पुगेको छ ।
त्यस्तै, कम्पनीको प्रतिसेयर आम्दानी १५.५६ रुपैयाँबाट बढेर ४९.८२ रुपैयाँ र प्रतिसेयर नेटवर्थ २१०.३३ रुपैयाँ कायम रहेको छ ।